All Discussion Series Program Related Posts

कृषिमा महिला उधद्मशिलता – सम्भाव्यता र चुनौती बिषयक छलफल कर्यक्रम

सोमबार, फागुन १८, २०७१ – काठमाडौँ, नेपाल:
अधिकाशं महिला कृषि पेशामा नै निर्भर भए पनि चुनौती धेरै भएको तथा महिलालाई ससक्तिकरण गर्न कृषि क्षेत्रमा महिला सहभागितामा बृद्धि गर्दै ब्यवसायिक करण तिर ध्यान दिनुपर्नेमा बक्ताहरुले बताएका छन् । राजधानीमा उदाउदो शक्ति नेपाल (इपोन) ले कृषि ब्यवसायमा महिला : सम्भावना र चुनौती बिषयमा आयोजित छलफलको क्रममा सो कुरा बताएका हुन् ।

महिला भएर ब्यवसायिक ढंगबाट कृषि पेशामा लाग्दा धेरै चुनौती झेल्नु परेको अनुभव कतिपयले सुनाएका थिए । श्रीमानको घर जाने भएकाले ब्यवसायिक ढंगबाट काम थाल्छु भनेर कृषि पेशामा लाग्न सुरुमा नै परिवार नै बाधा हुने समेत कतिपयले बताएका थिए । नेपाल कृषि प्रधान देश भए पनि कृषि पेशालाई सम्मानको पेशा बनाउन नसक्दा धेरै समस्या देखिएको सहभागिहरुले बताएका छन् । नायिका भएर पनि ब्यवसायिक ढंगले कृषि पेशामा लागिरहेकी बिनिता वरालले बिचौलियाहरुले बिभिन्न कुरा गरेर महिलाले उत्पादन गरेका कृषि जन्य उत्पादनको कम मुल्य दिने, बढी बार्गेनिङ गर्ने, जस्ता समस्या झेल्नुपरेको आफ्नो अनुभव सुनाइन् । उहाले अन्यलाई समेत प्रेरित गर्न कृषि पेशामा लागिरहेको तर महिलालाई यस ब्यवसाय तिर आकर्षित गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको गुनासो समेत गरेकी थिइन् । महिला र पुरुषमा समान ज्याला दर पनि यो क्षेत्रको समस्या भएको उनको कथन थियो । महिलालाई ब्यवसायिक बनाउन तथा डिलिङ गर्न सरकारले बिभिन्न तालिम दिनुपर्ने नायिका बरालले बताइन् । नायिका बराल काठमाडौको टोखामा अर्गानिक तरकारीको ब्यवसायीक खेती गर्दै काठमाडौको सामाकोसीमा अर्मानिक पसल संचालन गर्दै आएकी छिन् ।
epon-event-women-in-agriculture-002
कृषिलाई सम्मानको पेशा बनाउदै ब्यसायिक कृषिमा महिलाको सहभागिता अत्यन्तै कम रहेको र उपस्थिति दह्रो बनाउन धेरै गर्न बाकी रहेको तथा कृषिमा लागिसकेका युवा बर्गलाई लगानी सुरक्षित गर्ने वातावरण बनाउन सरकारले ठोस कार्यक्रम ल्याउनु पर्नेमा सभासद गगन थापाको जोड थियो । उनले पछिल्लो समयमा ब्यवसायिक ढंगको कृषि पेशामा लाग्ने युवाको जमात बढे पनि कृषिमा यति धेरै लगानी भए पनि युवाले यही पेशामा भबिश्य देख्ने किसिमले कार्य गर्न नसकिएको बताएका थिए ।

ग्रामिण क्षेत्रमा समेत सरकारी क्षेत्रमा महिलाहरुलाई सहभागिता गराएर काम गरिरहेकी उमा दाहालले भने महिलाहरुलाई सहकारीको माध्यमबाट कृषिमा लगाउनु पर्नेमा जोड दिएकी थिइन् । सहकारी मुभमेन्टमा सरकारले कन्जुर्याई गरेको भन्दै सहकारीले बिचौलियाहरुलाई निस्तेज पार्छ, मूल्य घटाउँदछ । सरकारी माध्यमबाट कृषकले पाउने भन्दा बढी पाउँछ भने खरिदकर्ताले पनि बिचौलिया नहुने हुदा सस्तोमा पाउँछ । त्यसैले यस तर्फ सरकारको ध्यान हुनुपर्नेमा जोड दिएकी थिइन् ।

हाम्रो समाजमा कतिपय स्थानमा महिलाहरु दिनभरी काम गरिरहेका हुन्छन् भने घरका पुरुषहरु दिनभरी तास खेलेर बस्ने गरेका छन् । अझ घरको आम्दानीमा सबै हात पुरुषको भएको कारण पनि महिलाहरु पछि परिरहेको महिला नेत्री हरी प्रभा खड्गीले जिकिर थियो ।

कार्यक्रमकोबारे इपोनकी रेनुका पौडेलले कार्यक्रमको उदेश्य प्रस्टाएकी थिइन् भने इपोनकी निमा गिरीले कार्यक्रम संचालन गरेकी थिइन् ।
epon-event-women-in-agriculture-003

News Source: http://www.hamrakura.com/186633.html#sthash.w4rQIqbx.IOvb67oi.dpbs

Print Friendly

More from Discussion Series

स्थानीय निकायमा ५० प्रतिसत महिला बिषयक १ दिने छलफल कार्यक्रम

उदाउदो शक्ति नेपालको (EPoN) बिस्नुबुढानिलकण्ठ गाबिस काठमाण्डौ जिल्लामा संचालन गरेको कार्यक्रम ” स्थानीय निकायमा ५० प्रतिसत महिला” बिषयक १ दिने छलफल कार्यक्रम read more

Print Friendly